गजल-३१७
सुशिल रेग्मी – एक्रोन-अमेरिका
कस्तो मान्छे मानसिक रोगको शिकार हुन्छ?
ऊ जो सबै सँग अति नै मिलनसार हुन्छ ?
कसलाई चोट पीडा र दु:खहरुले घेरिरहन्छ
जसको पलपल साथ दिने सुन्दर परिवार हुन्छ ?
कस्तो प्रेम जीवनले मानसिक रोग नित्याउँछ
जसको प्रेम जीवन अरुको भन्दा दिलदार हुन्छ ?
मानिसक रोगले उसलाई छुने चेष्टा पक्कै गर्दैन
जसलाई गाउँ भरिकै सुन्दर सन्तानको बहार हुन्छ
भन्नोस ल उसलाई के को पिरले सताउला र-
जसको कमाइ अरुको दुई हुँदा उसको चार हुन्छ ।
ए पढे लेखेका महान अनि सबै जान्ने महात्माहरू
मुटु र पेटको रोग पनि मानसिक बिमार हुन्छ ?