गजल-३२६

राजकुमारी श्रेष्ठ ‘क्षितिज पारि’, गोरखा-देउराली (हाल – इजरायल)  Photo

 

आफ्नै भाषा भेष मनपराउने नेपालकी छोरी हुँ म

हिमालयको देश मनपराउने नेपालकी छोरी हुँ म;

 

उकाली ओराली देउराली भन्ज्याङ चौतारी पेटिमा

झरनाको केश मनपराउने नेपालकी छोरी हुँ म;

 

शान्तिको ध्वनि विश्वमा फैलाई नेपाल चिनाउने

बुद्धको उपदेश मनपराउने नेपालकी छोरी हुँ म;

 

गोर्खाली वीर नझुकाई शिर पौरखी आफैँमा

बहादुर नरेश मनपराउने नेपालकी छोरी हुँ म ।।

Don't have a Facebook account? Please, use the form below with other options!