गजल-३३८

गजलकार
गजलकार

डिल्लीराम रेग्मी
ओहियो, अमेरिका

हरेक साँझ उसलाई भेट्नु नछुटिने बानीसरि
अलि अलि गर्दै मुटु उतै सर्याे सधैंभरि।

गाजलु ती उसका आँखा चियाएर हेरिबस्दा
नचाहिँदा कुरा गर्छन् समाजमा थरिथरि

उसलाई देखेँ देखिरहुँ रूप उसको कस्तो कस्तो
यस्तो लाग्छ तिमी मेरी ह्रदयकी सजीव परी

जुनेलीले लुकीछिपी उनैसित बात गर्छ
घुम्टो उठाई हेरिरहुँ सधैँभरि यसै गरी

Don't have a Facebook account? Please, use the form below with other options!