गजल-३३९

गजलकार
गजलकार

रिमेन आलोक
अल्बरी, अष्ट्रेलिया

यहाँ आफ्नै रगत अत्यचार भएर आउँछ
छिमेकीसँग मेरो दाइ प्यार भएर आउँछ

यो मुटु जब पत्थर बन्दैछ आज-भोलि
थाकेको पुरानो घाउ यादगार भएर आउँछ

बाच्न त सबै बाचेका छन् एक आपसमा
सोच्दै छु म कसरी व्यापार भएर आउँछ

चाड पर्व मनाइरहँदा विदेशमा यसरी
याद किन्ने र बेच्नेको बजार भएर आउँछ

मेरो छोरो भाषामा समस्या देखाउथ्यो
खोइ! कसरी ऊ गजलकार भएर आउँछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *