गजल-३४६

गजलकार
गजलकार

दुर्गा रिमाल
अस्ट्रेलिया

लमी बनेर आएको छ ऊ, विवाहको कुरा ल्याउँनेछ
तिम्रो जीवनमा श्रीमान् ल्याउँने छ, ससुरा ल्याउँनेछ

जुन बेला बैँस छुद्र देखिन्छ, लाजले मुहार छोपिन्छ
त्यही बेला सिउँदोले सिन्दूर र हातले चुरा ल्याउँनेछ

वर्षा लागे लगात्तै किसानहरू मख्ख देखिएका छन्
अब झरीले सिकुमबासी बस्तीमा दादुरा ल्याउँनेछ

एक तमासले समुन्द्र भेटाउँन नदी बगेको पनि हेरियो
हेर्नुछ, जिन्दगीले योजनाहरू कसरी पुरा ल्याउँनेछ ?

हुरी-बतासले बिनाश गर्छ, रूख ढाल्छ, यही सोच्छौ
तर सोच्दैनौ, गरिबहरूको चुलोमा दाउँरा ल्याउँनेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *