गजल-३४८

गजलकार
गजलकार

टेक भण्डारी
एडिलेड, अष्ट्रेलिया

बल्ल बल्ल पाको जीवन बँचाएर राखे कसो
दु:ख सुख लाको माया सजाएर राखे कसो।

यात्रा हो यो जिन्दगानी ठेसहरु लागी रन्छन
चोटको कम्पन छातीभित्रै दबाएर राखे कसो।

होस गर्नु बाटो घाटो यात्री भेट्दा एकान्तमा
बोली बचन अमृतसरी…बनाएर राखे कसो।

ठुलो सानो धनी ग़रीब नभनेर कहिल्यै पनि
मुटु माँझ प्रेमको दियो जलाएर राखे कसो।

Don't have a Facebook account? Please, use the form below with other options!