गजल-३५५
भावना गिरी
गुएल्फ, क्यानाडा
प्रेमगीत अर्कैसंग रच्दै थियो ऊ भने
नाजायेजी संबन्धमा बस्दै थियो ऊ भने।
उसकै यादमा सिरानी भिजाएछु यता मैले
पराईको रशमा रस्दै थियो ऊ भने।
दु:ख जत्ति सबै उसले मलाई दिई फेरि
झुट्टो प्यारको जालमा फस्दै थियो ऊ भने।
यता एक्लै जाडो काट्न गाह्रो हुँदै गर्दा
अंगालोमा गोपिनीलाई कस्दै थियो ऊ भने।
पतिव्रता धर्म भनी मरिमेट्ने आफू चाहिं
मेरो धर्म अन्तै कतै मास्दै थियो ऊ भने।
सातौँ जन्म जोड्ने डोरी खुस्काई यता
कसैसँग कच्चा धागो गाँस्दै थियो ऊ भने।