गजल: ३६०
दुर्गा रिमाल
अस्ट्रेलिया
बोलाएपछि साथी पनि भट्टीमा आयो
आफूले पिउँनुको दोष देशलाई लगायो
मान्छेले लगातार ढिस्कनु भत्काइ रहे
यता अहोरात्र कमिलाले माटो ओसार्यो
प्रेमिकाले खामभित्र मुटु पठाइछिन्
के सम्झेर प्रेमीले खुकुरी पठायो
ससुरालीमा उसको जयजयकार थियो
जसले घरबाट बा-आमा खेदायो
पुनर्वासले मेरो एउटा पाटो छोपिदियो
अर्को पाटो जिन्दगीले अझै लुकायो