गजल – ३७४
नैनासिङ्ग मगर
न्यूयोर्क, अमेरिका
अजम्बरी चोला कसको छ र ?
जुठो नपरेको घर कसको छ र ?
सुखको सपना सबैले देख्छन्
चोट बिनाको शरीर कसको छ र?
दु:ख सुख सबैले भोग्छन्
रहर बिनाको मन कसको छ र ?
दिन रात यहाँ सबैले काम गर्छन्
खोला बगाउने धन कसको छ र ?
घाम पानी बिना जीवित वस्तुहरू
आज यो सन्सारमा कसको छ र ?