गजल-३७३
भावना गिरी
गुएल्फ, क्यानाडा
कागतको टुक्राले आफ्नै मासु किन्नु छ मैँले
देवताको आँसुको मूल्य तिर्नु छ मैँले।
अरू त म जान्दिन भगवान् तिमी नै बुझ
यो पैसा कुन निर्दयीले बनायो चिन्नु छ मैँले।
दुनियाँको मुटु कुन मट्टीले बनिँदो रहेछ
त्यही हेर्न संसारको भित्री छिर्नु छ मैँले।
माहसय तिमीले जुन आधारले पैसा बनायौ नि
धनले झोली भर्नु तिम्रो खुसी छिन्नु छ मैँले।
मान्छे नै हुँ भनेर अरूलाई चिनाउनु
पैसाको हार या माला भिर्नु छ मैँले।