गजल – ३७७

गजलकार
गजलकार

टेक भण्डारी
एडिलेड, अस्ट्रलिया

बदलिँदो परिवेश अनि बदलिँदो पहिरन,थपिँदै छ यहाँ
विश्वास गरौँ या नगरौँ, आफ्नै घाँटी कसिँदै छ यहाँ।

बा भन्छन् संस्कृति बचाऊँ, छोरो जंगिन्छ यु ब्लडिफुल भन्दै
सायद विसंगतिको ध्वनिले समाज भड्किँदैछ छ यहाँ।

जब हाई हेल्लोको, A to Z भाषामा सम्झौता हुन थालेपछि
लाग्छ अब क, ख, अ, आ माथि, षड्यन्त्र रचिँदै छ यहाँ।

आखिर बचाउनु छ जसै एउटा अस्तित्व पहिचानको
याद रहोस् आज जानीजानी इतिहास छलिँदै छ यहाँ।

जन्मँदाको आवाज भुल्नु हुँदैन, मृत्युशैयामा यही चाहिन्छ
त्यसैले सोचौँ पहिचानको ढुङ्गा, कतातिर लगिँदै छ यहाँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *