गजल – ३८०

गजलकार
गजलकार

नेत्रप्रसाद आचार्य
टेक्सास, अमेरिका 

(मेरा देवता तुल्य माता-पिता प्रति समर्पित)

आफ्नो अर्को देख्छु भने, म त्यही सिकाउँदै छु
सन्ततीको  भागमा  रहने,  त्यही  सिकाउँदै छु।

मीठो बोली दुई गाँस दिनु यो मेरो कर्तव्य हो
आखिर उही हो फर्कने, र त्यही सिकाउँदै छु ।

मलाई  भला  गरून्  नगरून्,  मैले  गर्नै  पर्छ
पल सबैको आउँछ पल्टने, त्यही सिकाउँदै छु ।

जन्म दिउन, कर्म दिउन या केही पनि नदिउन
नहुनु है  झट्ट  बद्लने,   त्यही  सिकाउँदै  छु ।

ठेस  लाग्यो  होला  भन्दै  निदरीमा  तर्सनेसँग
फेरि मौका  देऊ  जन्मने,  त्यही  सिकाउँदै  छु ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *