गजल-३८४

नाराद आचार्य ‘सुदामा’
पेन्सिल्भेनिया, अमेरिका

 

तिम्रो   डाहा   गर्ने   बानी  प्यारो   लाग्छ!
अनि  आँखाभित्रको  नानी  प्यारो  लाग्छ!!

हेर्दा काटी ~कुटि  कोमल कुब्जा  जस्ती!
मलाई    तिम्रो   जवानी   प्यारो   लाग्छ!!

रारा  तालको   बिचमा  चुर्लुमै  डुबे  पनि!
तिमीले  पिलाएको  पानी  प्यारो   लाग्छ!!

जे  जे  भनुन्  भन्नेले  भनि  रहन्छन्  प्रिय!
तिम्रो   आँखाको   निशानी  प्यारो  लाग्छ!!

मान्छे न हो एक दिन परिवर्तन  हुनु  नै  छ!
सम्बन्धमा म राजा तिमी रानी प्यारो लाग्छ!!

 

Don't have a Facebook account? Please, use the form below with other options!