गजल – ३९१

रिमेन आलोक
अष्ट्रेलिया

भट्टीको नि अधिकार हुन्छ नि यार ।
माते पछि  मारामार  हुन्छ नि यार ।।

बलात्कारीलाई  फाँसी  दिनै पर्छ ।
यस्तो पनि समाचार हुन्छ नि यार ।।

कति  खोज्छौ  सम्मान  आफू  मात्र ?
गरे सबैलाई नमस्कार हुन्छ नि यार ।।

आवाज निकाल्नै पर्छ एक आपसमा
हाम्लाइ पनि अत्याचार हुन्छ नि यार ।।

कति जनता मात्र मारिन्छन् यो देशमा
नेतालाई पनि कारागार  हुन्छ  नि यार ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *