गजल – ४०२

विशु निछा
अस्ट्रेलिया

गाली  गर  या  गीत  बनाऊ,  जिन्दगी  तिम्रै   हातमा   छ
काँडामा फाल या फूलले सजाऊ,जिन्दगी तिम्रै हातमा छ ।

हिँडिरहे    शिखर   पुगिन्छ,  बसे   लेउ   लाग्ने   नै   हो
बसाईराख या अगाडि बढाऊ, जिन्दगी तिम्रै हातमा छ ।

देखिन्न    सुन्दरता    रातमा,   सिर्जन्छ    सौन्दर्य    दिनले
उज्यालो भर या अँध्यारो खन्याऊ जिन्दगी तिम्रै हातमा छ ।

बीउ  एउटा  रोपेर  कहिले,  बोट  अर्को  उम्रिने   होइन
जंगल उमार या गुलाफ फुलाऊ,जिन्दगी तिम्रै हातमा छ ।

खाल्डोमा  पर्ने  पुरिन्छ,  देखिन्छ  उक्लिए  डिलमा
तल झार या माथि  उठाऊ, जिन्दगी तिम्रै हातमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *