गजल-४१३

सुशील रेग्मी
ओहायो, अमेरिका

बनोस् संसार कमालको शुभकामना
सम्पूर्णमा  नयाँ  सालको शुभकामना ।

कसैलाई  नि  भोको  पेट  सुत्न नपरोस्
अभाव नहोस् रोटिदालको शुभकामना ।

पुगोस् जतै दवाई पानी मानव बस्तीमा
हटोस्  मरण  अकालको  शुभकामना ।

तारा गन्दै आकाशका सुत्ने जनता बिच
व्यवस्था  होस्  त्रिपालको  शुभकामना ।

नहोस् भेदभाव सरकारबाट यहाँ कसैलाई
रहोस्  नजर  एकै  खालको   शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *