गजल-४२२

भावना गिरी
क्यानाडा

हजार रूप देखेँ मैले, दिल भने चोखो नै चुनेको छु
बङ्लाभित्र बसेपनि सपना चाहिँ झुप्रोको नै बुनेको छु ।

राक्षसी र स्वार्थीहरूको ओडारमा पसेपनि
आफुलाई चैँ स्नेह र निस्वार्थीको दरबार भित्र थुनेको छु ।

धोकेबाज र लालचीसँग चिन्जान भने धेरै भयो
सुत्ने खेर एकादेशी राजकुमारको कथा नै सुनेको छु ।

काडाहरुले घेरिएको गुलाब मैले देखे पनि
प्रेमको हार सजाउन कोमल फूल नै उनेको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *