गजल-४२४
माया भट्टराई
केन्टकी, अमेरिका
एउटै भूगोलभित्र मिलीजुली बाचेका हामी नेपाली
आफ्नो इतिहास जोगाउन जुटेका हामी नेपाली ।
देशमा एकतन्त्रीय शासन चलिरहेका बेलापनि
आफ्नो भाषा, संस्कृति जोगाउन लागेका हामी नेपाली ।
आफ्नै मौलिकता थियो, आफ्नै भेष भूषा थियो
एउटै सभ्यताभित्र सबै मिलेर हासेका हामी नेपाली ।
समयले नेपालीलाई नेपालभित्र शरणार्थी बनायो
आफ्नै पुर्ख्यौली थलोमा शरण लिएका हामी नेपाली ।
छरिएर विश्वभरि नेपालीपनको गाथा गाउँदै
इतिहास बचाइ राख्न सचेत रहेका हामी नेपाली।