गजल – ४२९
झगेन धिमाल
मेलबर्न, अष्ट्रेलिया
उ कविता सुनाउँछ, म कथा सुन्छु, छन्द कता हरायो?
जब बास्नाले गतिलो झापड दियो, गन्ध कता हरायो?
आमा रुँदै सुनाउछिन, ती मेरै सन्तान हुन जो मलाई चिन्दैनन्
सायद महल र आश्रमको दुरीले होला, सम्बन्ध कता हरायो?
बिहान उठ काममा जा आईज सुत, फेरि उठ काममा जा
कामैले यदि जिन्दगी बित्छ भने, आनन्द कता हरायो?
यामराजको शासन हो यार, व्यङ्ग्य हान्न मिल्दैन पशुपती
सङ्गीतमा नि छिरेछ राजनीति, खोइ द्वान्द कता हरायो?