गजल – ४३३

विशु निछा
मेल्बर्न, अष्ट्रेलिया

जसोतसो जिन्दगी यो जिउनसम्म जिएको छु
आँसुसँग पीरहरू पिउनसम्म पिएको छु ।

घरी यो छेउ घरी उ-छेउ फाटेकै छ बेसरी
कति फाट्छ यो मन पनि सिउनसम्म सिएको छु ।

पाइलैपिच्छे पीडा दिने मान्छेले नै भन्छ आज
सुखसँग बाँच तिम्रा सारा दु:ख लिएको छु ।

बेथितिको चप्लेटीमा यसरी म घोटिएँ कि
हेर्नेहरू सग्लो देख्छन् भित्रभित्र खिएको छु ।

कोही भन्छन् माया देऊ माग्छन् कोही मुटु
बाँकी के नै रह्यो छ र ज्यानसम्म दिएको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *