गजल-४३२

नैनसिङ मगर
न्यू योर्क, अमेरिका

माटो छैन भने घर कहाँ बनाउँछौ ?
घरबिनाको खर कहाँ सजाउँछौ ?

बोटबिनाका हाँगाबिगाहरू कहाँ हुन्छन् ?
नरबिनाका तिमी कर कहाँ टँसाउँछौ ?

नरोपिकन फल्छन् कुन वस्तुहरू यहाँ ?
गाईबिनाका तिमी तर कहाँ बनाउँछौ ?

मानिस -मानिसमा तिमी कलह मच्चाउँछौ भने
अब तिमी जीवित रहने भर कहाँ बनाउँछौ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *