गजल – ४४३

धर्मेन्द्र तिम्सिना “क्षितिज”
ओहायो, अमेरिका

कतै निराशा त कतै आशा बोकेर
बाँचिरहेछु मुटुभरि दुख पीडा बोकेर ।

मेरो पर्खाइमा वर्षौँ पछि पनि इतिहास
रोइरहेको होला नलेखिएको कथा बोकेर  ।

खसाउँछन् आँसु अनि सम्झन्छन् मेरा बा
गाउँमा हिँडेको सिङ्गै भिर पाखा बोकेर

रहरहरू थिए, सपनाहरू थिए, सबै बिलाए
र त जिइरहेछु अर्कैको सहारा बोकेर  ।

आज परदेशलाई देश भन्न बाध्य भएको छु
फाटेको मुटुमा देश माटो र आमा बोकेर  ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *