गजल-४५२

मदन दुलाल
पेन्सिल्भिन्या, अमेरिका

फल र फूल कन्दमूल खाई बाँचिन्छ जन हो
निरोगी शरीर सौन्दर्य चेत यो ठुलो धन हो ।।२।।

बोलेर मीठो रसिक भावले हाँसेर बाँचौंन
स्वध्याय गरी सत्कर्म गर्नु मानवीपन हो ।।४।।

शत्रु र मित्र हुँदैन कोही यो ध्रुव सत्य छ
अखण्ड शत्रु परम मित्र यही हाम्रो मन हो ।।६।।

नगर्नु कहिल्यै अहंको खेती परिन्छ खाडलमा
त्यो खाडल के खाडल भन्नु अन्धकार वन हो ।।८।।

यो बद्ध आत्मा मुक्त भई जान्छ अनन्त सँगमा
अमर छ आत्मा मर्दैन कहिल्यै मर्ने त तन हो ।।१०।।

 

Don't have a Facebook account? Please, use the form below with other options!