गजल-४५५

–धर्मेन्द्र तिम्सिना “क्षितिज” / ओहायो, अमेरिका

मुखमा रामराम छुरा बगलीमा छ
संसार बदल्ने ताकत मसीमा छ ।

राम्रो छ नराम्रो छ बुझी नसक्नु छ
लाग्छ यो संसार कसैको मुट्ठीमा छ ।

सबै धेरै चाहन्छन् सबै पुरा चाहन्छन्
भन्नुस् कसको चाहिँ नजर आदिमा छ !

तिमी पनि जान्छौ मैले पनि जानुपर्छ
जिन्दगी कुनै हदसम्मको अवधिमा छ ।

गरिब यसै खुसी छन्, थोरैमा रमाउँछन्
अझ सम्पत्ति थुपार्ने लालच धनीमा छ ।

सबैतिर आफ्नै स्वार्थको कुरा हुन्छ
निस्वार्थ  माया आमाको छातीमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *