गजल-४६०

डिल्लु चम्लागाई
ओहायो, अमेरिका

भनिदेऊ प्रिय यो मन ज्ञानी कसरी हुन्छ
तिमीलाई नसम्झी बिहानी कसरी हुन्छ ।

धेरै भइसक्यो पँधेरीमा त्यो नजर नजुधेको
सोच्दै छु अब हाम्रो चिनाजानी कसरी हुन्छ ।

सबै बराबर हुनुपर्छ सिकेको हुँ तिमीबाटै
हे ईश्वर मेरैमात्र भाग्य बेइमानी कसरी हुन्छ ।

के भनौँ तिमीलाई एक्लो ज्यान छैन ठाउँमा
चटक्कै मायालाई बिर्सने बानी कसरी हुन्छ ।

एउटै कुराको गुनासो हुन्छ चितामा मलाई
म जल्दा सारा यादहरू खरानी कसरी हुन्छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *