गजल – ४७१

कवि बन्न कविले पागल हुनुपर्छ।
मनले मनलाई बुझ्ने गजल हुनुपर्छ।।

काँडादेखि रिसाएर फूल चुँड्नेहरु।
अरूको माया मुटुमा पलपल हुनुपर्छ।।

खरायो जस्तो घमन्डी किन बन्छौ?
सदैव कछुवा जस्तो सफल हुनुपर्छ।।

घमन्डी जति देश चलाउँछु भन्छन्।
हामी जनता सधैँ सरल हुनुपर्छ।।

मित्रता बढाउन “रिमेन”को अगाडी।
सदैव उसको मन कोमल हुनु पर्छ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *