गजल-४७५
अनन्त आचार्य
एडिलेड, अष्ट्रेलिया
म रोएँ खाली सधैँ रोएँ ।
पिर छ गाली सधैँ रोएँ ॥
गहभित्र सागर बग्छ ।
देश नै फाली सधैँ रोएँ ॥
चिरिन्छ छाती सम्झेँ देश ।
त्रास नै पाली सधैँ रोएँ ॥
सपनामा देश नै देख्छु ।
हे! खेद हाली सधैँ रोएँ ॥
जीवन डुब्यो वेदनामा ।
सम्झेर जाली सधैँ रोएँ ॥