गजल- ४७६

डिल्लु चम्लागाई
ओहायो, अमेरिका

जिन्दगी  मुग्लानी, सपना खिया भइदियो
भएको एउटा दिल पनि अधियाँ भइदियो ।

सोच्नु पर्थ्यो आउनेलाई  प्रेम उधारो दिन
चोकै बेचिएछ मन छिया-छिया भइदियो ।

गरिब   सम्झेर  यो  मनलाई  जसले   चिनेन
यस्तै मनहरू आज कसैको दुनियाँ भइदियो ।

आमा, छोरो जन्मिँदा खुसी थिइन गाउँमा
बिर्सियो गाउँ जब छोरो शहरिया भइदियो ।

छिमेकीले  टोलमा  भट्टी  पसल खोल्यो रे
जब ऊ जस्तै मन फाट्ने जँडिया भइदियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *