गजल – ४७८

भावना गिरी
क्यानाडा 

सुस्तरी आई मनको मेह्फिल सजाइदेऊ तिमी
घुम्टोभित्र गाजलु नयन झुकाई लजाइदेऊ तिमी।

कृष्णको मोहनीमा गोपिनीहरू झुमेका छन् यहाँ
राधा बनी धुन भरी बाँसुरी बजाइदेऊ तिमी।

“सुन्दर” शब्द हर कोही नारीले प्रस्ट्याउँछन् यहाँ
मधुरको अर्थ ब्रह्माण्डलाई बुझाइदेऊ तिमी।

संसार सुन्दरताको भागदौडमा छ प्रिय
सभ्यता र चञ्चलताले रिजाइदेउ तिमी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *