गजल – ४८०
डिल्लु चम्लागाई
ओहायो, अमेरिका
किन हो किन ? अधर पटक्कै मुस्कुराउन सकेन
सबै सुम्पिए पनि दिलले पिरती बचाउन सकेन ।
जतन गरेर हुर्काएको सन्तानले चोट सहनुपर्यो
सम्झेर आमाका गहले ती आँसु थमाउन सकेन ।
खुसीहरू यसरी पलायन भएर गए यो दिलबाट
जसरी किसानले छेउमै बग्ने खोला फर्काउन सकेन ।
उसको मन सिमलको भुवा जस्तै माथि उड्यो
मेरो मनले लाखौँ कोसिस गर्र्यो खसाउन सकेन ।
को धनी को गरिब सबैको मन एउटै हुन्छ भन्थ्यौ
सम्झेर आफैँलाई आज पटक्कै सम्झाउन सकेन ।