गजल – ४८४
अनन्त आचार्य
अस्ट्रेलिया
तिम्रै लागि सौम्य फूल बोकी ल्याएँ मैले।
तिम्रै लागि दिव्य मणि हो कि ल्याएँ मैले।
नसुक्ने एउटा फूल दिन्छु जोगाएर राख्नु।
तिम्रै लागि मनको फूल झिकी ल्याएँ मैले।
तिम्रो मनको मन्दिरमा चढाएको फूल।
तिम्रै लागि जून तारा टिपी ल्याएँ मैले।
सौन्दर्य रूप फूलेको छ बास्ना छर्दै।
तिम्रै लागि ऋतुराज रोकी ल्याएँ मैले।
बस्यो फूल तिमी भित्रै अटाएर आज।
तिम्रै लागि अनन्त फूल छेकी ल्याएँ मैले।