गजल – ४८९
भावना गिरी
क्यानाडा
बा हाम्रो पेट भर्न खियौ आफू चैँ
वस्त्रमा हामीलाई लपेटी झत्तो सियौ आफू चैँ
के दिऊ तिम्रो यो अपरम्पार त्याग चुकाउन
हाम्रो मुहार चम्काउन आँसु पियौ आफू चैँ
बर्खामा भूमि रुझाइ हिउँद मा न्यानो छर्दै
कठिनाइ अँगालो दर्दनाक दुःख लियौ आफू चैँ
कहिले सोधेनौ हामीले खुसी छौ बा भनी
दुःख पीडा छातीभित्र लुकाइ जियौ आफू चैँ