गजल – ४९४

नेत्रप्रसाद आचार्य
पेन्सिल्भेनिया, अमेरिका

जसले घाँटी निमोठेको हो लहरा भएर
उही जीवन, झाङिइगएको हो हराभरा भएर ।

मलाई भऱ्याङ् बनायो, उक्लियो र उड्यो
बिर्सियो, भूमिमै हुन्छन् पैताला, चरा भएर ।

कोही माथि उठेपछि यति कुरा सोच्नै पर्छ
अडिएका हुन्छन् यी रूख पनि जरा भएर ।

जब मोलामोल भयो आमाको शवमाथि
छोरो निस्किएको हो बाहिर खतरा भएर ।

आज प्रयोग भएर फालिए पनि यति बुझ्नु
अन्न हुँ भोलि सजिन्छु शिरमा जमरा भएर ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *