गजल – ४९९
जगेन गौतम
अमेरिका
अमेरिका
यहाँ कोही हात-मुख जोड्नलाई पानी बेच्छन्
कोही-कोही सस्तोमा जवानी बेच्छन्
आमा-बुवाको नि मोल हुन्छ आज भोलि
कसैले नजानेर बेच्छन्, कसैले जानी-जानी बेच्छन्
एक-अर्कामा बेच्ने खेल सुरु भैसक्यो
बेच्नेले त आफ्नै कथा-कहानी बेच्छन्
स्वार्थीहरूलाई पैसा कमाउनु न छ
दलालहरू सानी-सानी नानी बेच्छन्