गजल ५०६

माया भट्टराई
केन्टकी, अमेरिका
तिम्रो मायाले बाँचेर आएँ मृत्युको मुखैमा पुगेर
मर्न गाह्रो रैछ भोगेर आएँ मृत्युको मुखैमा पुगेर
म मरेपछि त मेरा रहरहरू अपुरै रहने भए कठै
पुरा गर्ने अठोट गरेर आएँ मृत्युको मुखैमा पुगेर
मेरो जन्मभूमि घुम्न जाने हेक्का राखेकी थिएँ
इच्छा,चाहना सम्झेर आएँ मृत्युको मुखैमा पुगेर
छल गरेर दैवले मृत्युको बाटोतिर धकेल्दै रैछ
म मर्दिन अहिल्यै भनेर आएँ मृत्युको मुखैमा पुगेर
मेरो मृत्यु भयानक छ जान्दाजान्दै काल किन पच्छ्याउँछ
कालसँग युद्ध जितेर आएँ मृत्युको मुखैमा पुगेर

Leave a Reply

Your email address will not be published. Required fields are marked *