गजल ५०७

हरि उप्रेती
अमेरिका

भन्छन् आजकल मान्छे होइन जमाना खराब छ
जहाँ आफ्नाले आफ्नै बिगार्ने बहाना खराब छ

छोप्न खोज्छौ थुन्सेले तर भइदिन्छ यहाँ डोको
जहाँ तिमीले बनाएको तिम्रो तहखाना खराब छ

महोदय! कति सक्छौ उसकै अगाडी गर तारिफ
जब टाढा हुन्छ नभन अब उसको सह्राना खराब छ

चित्र कस्तो कोर्ने हो,त्यो त तिम्रो कलममा भर पर्छ
जब कलमको मसी लतपतिन्छ नभन पाना खराब छ

गीतहरू गुनगुनाउनु त एउटा गायकको दैनिकी न हो
यदि गला नै छैन भने नभन सङ्गीतको ताना खराब छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *