गजल ५०९

हरि उप्रेती
अमेरिका

सुख पाउन अब अशान्तिको घरबार चाहिँदैन
जता फर्किए पनि देखिने सयौँ दरार चाहिँदैन

मलाई महल होइन, झुपडी नै आफ्नो लाग्छ
घमन्डले डढेलो लागेको त्यो संस्कार चाहिँदैन

भो छाडिदेऊ अरूको डाह गर्न आफ्नै कथा लेख
ग्रन्थ लेख्न कलम चाहिन्छ , औजार चाहिँदैन

नाता र सम्बन्ध यहाँ परिस्थितिले जन्माउँछन्
आफन्त छुटाउन अब खराब व्यवहार चाहिँदैन

भन्छन् सिद्धान्तलाई हरपल दर्शनले डोर्‍याउँछ
बानीलाई बिगार्ने विज्ञानको प्रदूषणको आधार चाहिँदैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *