गजल ५११

दिपेन ढुङ्गाना 
पेन्सिलभेनिया, अमेरिका

आँखा खुल्लै हुन देऊ,हेर्न बानी हुन सक्छ,
वर्तमान रातमै छ, पछि बिहानी हुन सक्छ।

आफ्नै जिन्दगी देखेर उब्जिएको प्रश्न,
के दुखको पर्यायवाची जिन्दगानी हुन सक्छ?

बाहिर मुस्कुराए पुगी हाल्यो मान्छेलाई,
कसले हेर्ने उसको मन खरानी हुन सक्छ।

सम्भव छ,सयौँ जन्म तिमी मेरै हुन,
हेर न,पानी उडेर फेरि पानी हुन सक्छ।

Don't have a Facebook account? Please, use the form below with other options!