गजल ५१३
हरि उप्रेती
अमेरिका
तिम्रो माया साँच्चै आँखाको नानी जस्तो
रातहरू पछि आउने सुन्दर बिहानी जस्तो
न लाग्छ गगनमा त्यो कालो बादल कतै
मुस्कुराउने यो जिन्दगी भाग्यमानी जस्तो
चाहेर पनि त रोकिएन प्रेमको हाम्रो यात्रा
जसरी गङ्गामा निश्चल बगेको पानी जस्तो
उमेर त आखिर भन्ने एउटा सङ्ख्या मात्र रहेछ
चढ्दो समय सँगै टल्किएको जवानी जस्तो
यसैले होला उनको र मेरो सम्बन्ध सुध्रिएको
त्यसैले भन्छन् दरबारका राजा र रानी जस्तो