गजल ५२८
भावना गिरी, बस्नेत
क्यानडा
आमा तिम्रो पर्देसी छोरो फिर्यो कि नाइँ ?
रिन लिएकी थियौ, साउँलाई ब्याज तिर्यो कि नाइँ ?
पोहोर साल पिरको भारी छ मनमा भन्दै थियौ
त्यो बोझको भारी मनबाट गिर्यो कि नाइँ?
सपना देखेकी छु दुई गाँस अनि कपासको भन्दै थियौ
तिम्रो छोरो त्यो गन्तव्यको बाटो हिँड्यो कि नाइँ ?
गरिबीसँग लड्न गाह्रो भो भनी दैव पुकार्दै थियौ
आज भनन त्यो लडाइँमा छोरो भिड्न गयो कि नाइँ ?