गजल ५४३

दुखि अतुल
अमेरिका

सखी मलाई तिम्रो परवाह छ
त्यसैले त यो जिन्दगी वाह छ

नसोध्नुहोस् देशको माया कति छ
असीमित छ अपार छ अथाह छ

प्राप्त उसैले गर्छ सफलता यहाँ
जसको हरदम प्रयास गर्ने चाह छ

आँधी रोक्न सक्ने पहाड बोक्न
अझै त मेरो हृदयमा उत्साह छ

छोरी मनोहर मुहार देखेर तिम्रो
सौन्दर्यशाली जूनलाई त डाह छ

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *