गजल-५४५


 गोविन्द लुइँटेल “यार”
अमेरिका

मनलाई धनले बाँधे पनि तनले सक्दैन
तनलाई रूपले बाँधे पनि मनले सक्दैन

जिब्रो एउटा सत्य दुइटा बोल कसरी बोल्यो
भ्रष्टलाई चोरले बाँधे पनि जनले सक्दैन

आफैँ ठूलो आफैँ धनी बन्ने सबको स्वभाव हो
अहंलाई ज्ञानले बाँधे पनि गनले सक्दैन

अहोरात्र किसान धाउँछ खेत-बारी उब्जाउन
लगाव मौसमले बाँधे पनि वनले सक्दैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *