गजल-९१

डिल्लीराम शर्मा आचार्य
क्रागेरो, नर्वे

यथार्थ नै भन्नु पर्‍यो केस्रा जिलाएर
गोडमेल गर तिमी गेडा मिलाएर ।

यो वगैंचा तिम्रो बनोस शान्ति श्वास फेर्ने
अझै फूल रोप तिमी अमृत खिलाएर ।

ससाना गेडाहरू फलिर’न्छन् भित्री
अतिथिलाई तृप्त गर रस पिलाएर ।

स्वर्ग जस्तो भूटान मालिनी भै बस
राजा, पनि हाँसिरहुन् शान्ति दिलाएर ।

तिम्रो मन मन्दिरमा अँटाइदेऊ मलाई
तिमीसँगै बाँचिदिन्छु मन सिलाएर ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *