गजल – ४४९
सुशील रेग्मी
ओहायो, अमेरिका
मैले भिरालो अनि साँगुरो बाटो लेख्नै छोडी दिएँ दाजु
जन्मिएको मेरो देश अनि माटो लेख्नै छोडी दिएँ दाजु ।
मैले मेरा बाबाका निर्णयहरू गलत हुदैनन् जाने देखि नै
हुन मेरा बाबा त अनपढ र लाटो लेख्नै छोडी दिएँ दाजु ।
सुखले मसँग कुनै सम्बन्ध राख्न इन्कार गर्यो नि जसै
सुख दुःख सिक्काको दुई पाटो लेख्नै छोडी दिएँ दाजु ।
म यसरी पिज्जा अनि बर्गरको स्वादमा लिप्त भएको छु
मिठो हुन्छ सिस्नु ढिँडो र आँटो लेख्नै छोडी दिएँ दाजु ।