गजल-४६२

डिल्लु चम्लागाई/ओहायो, अमेरिका

 

सुख दुःख समय हो एक-एक छिनमा आउँछ
घडीको काँटा एक दिन मेरो अधीनमा आउँछ ।

भरिएको घडा हेरेँ चुपचाप मन्दिरमा बस्यो
सधैँ ठुलो आवाज रित्तो जर्किनमा आउँछ ।

आज मेरो दुःखलाई तिम्रो शुभ लग्न सम्झियौ
संसार गोलो छ तिम्रो पालो दुई दिनमा आउँछ ।

उसको प्रकाश अस्ताउँछ मसँगै आउँछ जसरी
उज्यालो खोज्दै जुनकीरी लालटिनमा आउँछ ।

मेरो रगत तात्छ दापको खुकुरी जब उठ्छ
दुश्मन सिमाना मिचेर मेरो जमिनमा आउँछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *