गजल – ४८३
रिमेन आलोक
अस्ट्रेलिया
भट्टीको नि अधिकार हुन्छ नि यार ।
माते पछि मारामार हुन्छ नि यार ।।
बलात्कारीलाई फाँसी दिनै पर्छ ।
यस्तो पनि समाचार हुन्छ नि यार ।।
कति खोज्छौ सम्मान आफू मात्र ?
गरे सबैलाई नमस्कार हुन्छ नि यार ।।
आवाज निकाल्नै पर्छ एक आपसमा ।
हाम्लाइ पनि अत्याचार हुन्छ नि यार ।।
कति जनता मात्र मारिन्छन् मेरो देशमा ।
नेतालाई पनि कारागार हुन्छ नि यार ।।