गजल – ४८२

अनन्त आचार्य
अस्ट्रेलीया

स्निग्ध हृदय हे मेरी ! चोरी लगेउ पीरमा ।
घायल भई लौ फेरि चोरी लगेउ  पीरमा ॥

छाती चिरेर मायालु मनै लग्यौ नि छीनमा ।
मोहनी रूपले  हेरी  चोरी  लगेउ  पीरमा ॥

खोज्न थालेँ मनै भित्र कहाँछौ नि कता गयौ ।
सोध्न थालेँ नि यो खेरि चोरी  लगेउ पीरमा ॥

फूलभित्र उनी देख्छु तारा जस्तै  वरिपरि ।
नीरमा देख्छु ऊ नेरि चोरी लगेउ पीरमा ॥

आकाशमा उनी  हेर्छु  परन्तु  मेघ  देखियो ।
सर्वस्व भो नि दील् बेरि चोरी लगेउ पीरमा ॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *