गजल-४९३
तिलारूपा आचार्य (अधिकारी)
ओहायो, अमेरिका
बहिनीले न्याय पाउने आस मात्र थियो हजुर
न्यायालय नै बिक्रिमा देख्दा रोयो हियो हजुर ।
शान्ति तिमी छैनौ र त बेचइन छ यहाँ अचेल
कति छेकौँ बचाउनलाई उम्मीदको दियो हजुर ।
‘जो आए नि कानै चीरेको’ भन्नु हुन्छ आमा
कहाँ पाउनु खै जिन्दगी सिलाउने सियो हजुर ।
गरिबिलाई हराउन हिँडेको’ थ्यो आफै हरायो
कफनमा ऊ फर्केको खबर गाउँमा सुनियो हजुर ।
बरु भोकालाई एक छाक टार्नुहोस्, जय हुन्छ
अब ढुङ्गाले दूध पिउने जमाना, बद्लियो हजुर ।