गजल-४९६

त्रिविक्रम अधिकारी 
केन्टकी, अमेरिका 

बाहिर खुशी देखाएर भित्र जल्ने धेरै छौ हामी
अरूको प्रगति लत्याएर आफै ढल्ने धेरै छौ हामी।

दुखीको पनि दिन आउछ भन्नेहरू कति छौ कति
यही भूगोलमै रम्रेर अरूलाई दल्ने धेरै छौ हामी।

श्रम नगरी मुखमा माड मिल्न सजिलो कहाँ छ र?
परिश्रमीलाई होच्याएर त्यसै बल्ने धेरै छौ हामी।

आफूलाई जगाउन सकिएन भने गारो छ है यहाँ
बकम्फुसे ईशारामा निसंकोच चल्ने धेरै छौ हामी।

Don't have a Facebook account? Please, use the form below with other options!