गजल – ५०१
दिपक शर्मा धिमाल
सिड्नी, अस्ट्रेलिया
तिम्रा ती नशालु अधरले गर्दा बबाल हुनसक्छ।
नआऊ तिमी नजिक, नजिक पर्दा बबाल हुनसक्छ ।।
आँखाबाटै बात गछेउ मौका छोपी-छोपी ।
जवानी मैले हर्दा बबाल हुनसक्छ।।
भेटौला नि कहिलेकाहीँ त्यही पर चैतारिमा।
नआऊ तिमी, त्यताबाट यता सर्दा बबाल हुनसक्छ ।।
नबोलाऊ इसाराले अनि नसन्काऊ आँखा ।
उनको नजर यता झर्दा बबाल हुनसक्छ ।।